Friday, January 27, 2023

स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न प्रदेश प्रमुख खापुङ्को जोड

प्रदेश नंं. १ का प्रदेश प्रमुख परशुराम खापुङले सञ्चारकर्मीहरुले सत्य–तथ्यमा आधारित भएर निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्नु पर्ने बताउनुभएको छ ।
विराटनगरमा आयोजना गरिएको सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेडको ११ औं साधारणसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले एउटा समाचारले समाजमा भएको कुरीति हटाउने र समाज बदल्न सक्ने भएकाले निष्पक्ष समाचार सम्प्रेसण गर्न आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख खापुुङ्ले गलत समाचारको खण्डन गरिएपनि त्यसबाट सम्बन्धित व्यक्ति र संस्थामाथि लागेको आरोपको खण्डन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले गलत समाचार लेख्नु अघि सत्य–तथ्य बुझ्न सञ्चारकर्मी सचेत र सजग हुनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा दुई जना असल बचतकर्ताहरु श्याम सुन्दर सुतिहार र केशवबहादुर कार्की र दुई जना उत्कृष्ट ऋणीहरु भोजराज घिमिरे र धनकुमारी थापालाई सम्मान गरिएको थियो । सो साधारणसभाले दीपक कुमार दाहाल नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट