Friday, January 27, 2023

इटहरीमा पृथ्वी जयन्ती मनाइयो

नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण साहको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बुधबार इटहरीमा मनाइएको छ।
विगत दस वर्षदेखि निरन्तर रुपमा इटहरीमा मनाउने गरिएको पृथ्वी जयन्ती तथा एकता दिवस संस्कृतिविद् प्राध्यापक डाक्टर धनबहादुर कुवँरलाई मुख्य वक्ता बनाएर गरियो । कार्यक्रमअघि इटहरीको चौरास्त चोकमा ¥याली प्रदर्शन गरियो । कार्यक्रम इटहरीकी सामाजिक व्यक्तित्व भेषजा काफ्ले सभापतित्मा भएको थियो । कार्यक्रम गर्न काफ्लेकै नेतृत्वमा समिति बनेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यसपटक सरकारले सार्वजनिक विदा समेत दिएको छ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट