Friday, January 27, 2023

माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने कोइरालाको संकेत

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रले राष्ट्रपतिका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने संकेत गर्नुभएको छ।
विराटनगर विमानस्थलमा बिहीवार वरिष्ठ नेता डा. कोइरालाले राजनीति सम्भावनाको खेल भएकाले माओवादीले नेपाली कांग्रेसलाई सहयोग गर्नसक्ने सम्भावना भएको धारणा व्यक्त गर्नुभयो । डा. कोइरालाले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका कारणहरू पछि क्लियर हुँदै जाने बताउनुभयो । उहाँले आफ्नो पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने जानकारी दिनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा प्रदेश सभाका सांसदले पनि मतदान गर्ने हुँदा यस चुनावमा कांग्रेसको चासो भएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षमै बस्ने निर्णय गरेको बताउनुभयो । उहाँले अब कांग्रेसले आफू प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको समर्थन वा आलोचना गर्ने उल्लेख गर्नुभयो । कोइरालाले विश्वभरि नै संसदीय व्यवस्था र मान्यतामा ठुलो परिवर्तन आइरहेको उदाहरण दिँदै बेलायतमा पनि प्रधानमन्त्रीको ठुलो हतियारका रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले जथाभावी विघटन गर्न नसक्ने अभ्यास सुरु भएको चर्चा गर्नुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट