Friday, January 27, 2023

श्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका वडा नं. ७ बाट श्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
बुधबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–७ स्थित माछापुच्छ्रे बैंक नजिकबाट विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले सात लाख नौं हजार रुपैयाँ, बिभिन्न बैंकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान, ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । श्रोत नखुलेको रकम सहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट