Friday, January 27, 2023

इटहरी रेटक्रसको साधारणसभाका क्रममा सम्मान

नेपाल रेटक्रस सोसाइटी इटहरी उपशाखाको २५ औं साधारणसभाका अवसरमा दुई जनालाई विशेष सम्मान गरिएको छ। शुक्रबार भएको साधारणसभामा इटहरी वडा नं. ५ का शारदा मिश्र र धरान वडा नं. १५ निवासी प्रकाश गिरीलाई सम्मान गरिएको हो । मिश्र लामो समयदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । गिरीले अप्ठ्यारोमा परेका विरामीलाई सम्भव भएसम्म आफै रक्तदान गरेर उपलब्ध गराउने र सम्भव नभएमा अरु व्यक्ति खोजेर रगत उपलब्ध गरेर परोपकारी काम गर्दै आउनुभएको छ। दुवै जनालाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेपाल रेटक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सो क्रममा नेपाल रेटक्रस सोसाइटी इटहरीमा योगदान गर्नेलाई पनि कदर पत्र प्रदान गरियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर पौडेल, रेटक्रस सुनसरी जिल्ला सभापति थापा, इटहरी रेटक्रसका संस्थापक राजेश श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल रेटक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्वमा भएको थियो ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट