Friday, January 27, 2023

प्रदेश नं. १ का मुख्यमन्त्रीद्दारा विश्वास मत

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शुक्रवार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको थियो । उहाँले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत माग्र्दै आप्mनो नेतृत्वको सरकारले प्रदेशको नामाकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । पहिलेका सरकारले पनि प्रदेशको नामाकरण गर्न नसकेको हुनाले प्रदेशमा तिव्र आलोचना र विरोध भइरहेको पनि बताउनुभयो ।
विश्वासको मतको प्रस्तावको पक्षमा ५९ मत परेको छ भने विपक्षमा ३२ मत परेको छ । ९३ सदस्य रहेको प्रदेश सभाको बैठकमा सभामुख बाहेक ९२ जना सांसदहरु उपस्थित रहेका थिए । सभामुख बाबुराम गौतमले संविधान अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनु भएको घोषणा गर्नुभयो ।
प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर गरेका थिए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदहरुले हस्ताक्षर गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट