Friday, January 27, 2023

प्रदेश नं. १ मा उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा एमालेकी सांसद सिर्जना दनुवार प्रदेश नं. १ को उपसभामुख निर्वाचित हुनुभएको छ ।
शनिवार विराटनगरको प्रदेश सभा भवनमा बसेको प्रदेशसभा बैठकमा सांसद सिर्जना दनुवारले ५७ मत प्राप्त गर्नुुभयो । नेपाली काँग्रेसको तर्फबाट उपसभामुखकी उम्मेदवार सांसद लिलाकुमारी राईले ३३ मत प्राप्त गर्नुभयो । दुबै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि उपसभामुखका लागि मतदान गर्नुपरेको थियो । ९३ सदस्यीय प्रदेश सभाको बैठकमा सभामुख बाहेक ९० जना सांसदहरुको उपस्थिति थियो । प्रदेश सभामुख बाबुराम गौतमले प्रदेश सभा नियमावली अनुसार सिर्जना दनुवार निर्वाचित भएको घोषणा गर्नूभयो ।

सांसद सिर्जना दनुवारलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । सांसद लिला कुमारी राईलाई नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट