Friday, January 27, 2023

सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्न

पूर्वी मोरङको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपाल उर्लाबारीको वार्षिक साधारणसभा भएको छ ।
लामपाते सिमसारमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो क्रममा उहाँले सार्वजनिक चाँसोको विषय, सत्य–तथ्य विषयहरु देखि लिएर विविध सूचनाहरु सम्प्रेषणमा अझ सशक्त भएर कलम चलाउन शुभकामना दिनु भयो । कार्यक्रममा उर्लाबारीका निवर्तमान मेयर खड्ग फागोले विकास निर्माण स्थानिय तहले गर्ने र त्यसको अनुगमन र पारदर्शीताका बारेमा सञ्चार क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो क्रममा उपप्रमुख मिना खतिवडा पौडेल, नेपाल पत्रकार महासंघ मोरङ्ग जिल्ला अध्यक्ष सन्जिव खनालगायते शुभकामना दिनुभएको थियो । वि.सं. २०६० सालमा स्थापित ५६ जना सञ्चारकर्मीहरु आबद्ध रहेको उक्त सञ्चार क्लबका महासचिव विजय धिमालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुजन दासले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्लबका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट