Friday, January 27, 2023

राष्ट्रपति भण्डारीद्दारा बराहक्षेत्र र विजयपुरमा पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले धार्मिक मान्यताअनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी वराह भगवानलाई जल अर्पण गर्नुभयो । मकर सङ्क्रान्तिको अवसरमा वराहक्षेत्रमा वर्सेनी धार्मिक मेला लाग्ने गरेको छ । राष्ट्रपति भण्डारीलाई बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, पूर्व नगरप्रमुख निलम खनाललगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गर्नुभयो । वराह भगवानको पूजा अर्चना पश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गर्नुभएको थियो । हेलिकोप्टरबाट आउनु भएको राष्ट्रपति भण्डारी धरान १३ सैनिक क्याम्पमा अवतरण गर्नु भई सवारी साधनमार्फत धरान १४ विजयपुर पुग्नु भएको थियो ।
सो अवसरमा धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरले स्वागत कार्यक्रम राखेको थियो । धरानको दन्तकालीमा करिब २० मिनेट पूजा गरिसकेपछि राष्ट्रपति भण्डारी पिण्डेश्वर मन्दिरमा दर्शन गर्न पुग्नु भएको थियो । सुरक्षा अत्यन्तै कडा गरिएको भएपनि सञ्चारकर्मीहरुले सहज रुपमा तस्विर लिन पाएका थिए । राष्ट्रपतिलाई स्वागत गर्न स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र उपमेयर अइन्द्र विक्रम बेघाको भने उपस्थिति थिएनन् । पिण्डेश्वर मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले बुढासुब्बा मन्दिर पुग्नु भएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट