Friday, January 27, 2023

प्रदेश नं. १ र सुदुर पश्चिमको लगातार दोस्रो जित

इटहरीमा जारी पाँचौ प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा प्रदेश नं.१ र सुदुर पश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन् ।
पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको प्रदेश नं. १ ले सोमबार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशमाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको हो । इटहरीको जनता क्रिकेट पार्कमा भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो । टस जितेर पहिला ब्याटिङ् गरेको प्रदेश नं. १ ले ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । प्रदेश नंं. १ का लागि ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । पाँचौ ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा कप्तान रुबिना क्षेत्री १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउँदै आउट भइन । छैठौं ओभरको अन्तिम बल काजल २१ रन बनाउँदै आउट भइन । तेस्रो विकेटका रुपमा लकिता रावंशीलाई सातौं ओभरको अन्तिम बलमा दुई रन बनाएर आउट भइन । चौथो विकेटको रुपमा अप्सरी बेगम १२ रन बनाउदै आउट हुदा सबनम राई १ रनमा र स्मिृती कटुवाल ४ रनमा अविजित रहे । लुम्बिनीका लागि कृतिका मरासीनी, सरस्वती पुन र विभाषा बिसीले एक–एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सफल रह्यो । लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन । यसैगरी, सोभा रोकाय आठ रनका अविजित खेलिन । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले लिइन । यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गु्माउँदै ६० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो खेलमा कर्णाली र प्रदेश नं. १ बीच प्रतिस्पर्धा हँुदा दोस्रो खेलमा सुदुरपश्चिम र नेपाल एपीएफबीच खेल हुनेछ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट