Friday, January 27, 2023

पथरीशनिश्चरेमा जारी नगरस्तरीय क्रिकेट च्याम्पियनमा वडा नं. २ र ४ विजयी

मोरङको पथरीशनिश्चरे –२ मा जारी खेलकुद सप्ताह अन्तर्गत सोमबारको नगरस्तरीय क्रिकेट च्याम्पियन कप–२०७९मा वडा नं. २ र ४ विजयी भएका छन्।
भिन्ना भिन्नै समयमा सम्पन्न भएका प्रतियोगितामा दुवै वडाले वडा नं. १० र ८ लाई पराजित गर्दै विजय हासिल गरेका हुन् । वडा नं. ४ ले वडा नं. ८ लाई हराउदै सेमीफाईनल प्रवेश गरेको छ। वडा नं २ ले वडा नं १० लाई पराजित गरेको हो । सोमबारदेखि बुद्धिचाल प्रतियोगिताको उदघाटन खेल पनि सुरु भएको छ। वडा सदस्यद्वय खिलनाथ घिमिरे र चन्द्रकुमार राईले चेस खेल्दै सोमबार चेस खेलको सुभारम्भ गर्नुभएको थियो।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट