Friday, January 27, 2023

विराटनगरमा नेवा महोत्सव शुरु

विराटनगरमा दुई दिने नेवा महोत्सव तथा पर्यटन हाट शुरु भएको छ ।
नेवारी संस्कृति र परम्पराका साथै नेवारी खानाको परिकारहरुको प्रवद्र्धन गर्न विराटनगर स्थित झी पुःचको प्राङ्गणमा आयोजना गरिएको तेस्रो महोत्सवमा नेवारी खाना र परिकारहरु विक्रीका लागि राखिएको छ । यस्तै, मैथिल र थारु जातिका खानाको परिकारहरु पनि प्रदर्शनीमा राखिएको छ । १५ वटा स्टलहरु राखिएको सो महोत्सवमा घरेलु उत्पादनहरुको प्रदर्शनी गरिएको छ । सो महोत्सवको एक कार्यक्रमबीच प्रदेश नं. १ का विना विभागीय मन्त्री बुद्धिकुमार राजभण्डारीले शुभारम्भ गर्नुभयो । नेवा महोत्सवको उपलक्ष्यमा शनिवार नेवारी भोज आयोजना गरिने भएको छ । सो नेवा महोत्सव करिब ४ हजार दर्शकहरुले अवलोकन गर्ने नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः ले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट