Friday, January 27, 2023

प्रधानमन्त्री महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाईं

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी पहिलो पटक सुदुरपश्चिमले जितेको छ । इटहरीमा शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । जनता पार्क मैदानमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पूरा गयो । सुदुरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहदा सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन । डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा बर्चश्व कायम राखिन । उनले स्कुटरसगै प्रमुख दुई अवार्ड जितिन । कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मुल्यको स्कुटर पाइन । कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन । सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट