
२८५९ औ सोनाम ल्होछारका अवसरमा इटहरीमा सञ्चालित मोर्डन प्रिपेटरी माध्यमिक विद्यालयले विद्यार्थीका हजुरबुबाआमालाई सम्मान गरेको छ।
चाडपर्वको बारेमा ज्ञान दिने र आफ्ना अग्रजप्रति सम्मान गर्ने संस्कार सिकाउन विद्यार्थीका हजुरबुवाआमालाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष सन्जिव वाग्लेले समाजमा पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले गर्दा पनि विद्यार्थीबीच पारिवारिक सम्बन्ध सुधार गर्न सन्देश दिन सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
