Friday, January 27, 2023

इटहरीमा नयाँ किचन सोरुम

इटहरी वडा नं. २ हलगढामा गोदरेज इन्टेरियो किचन सोरुम खुलेको छ । काठमाडौंपछि धरानका सुरेन्द्र बुढाथोकीले सोरुम खोल्नुभएको हो । सोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले इटहरीमा नयाँ–नयाँ मोडलका व्यवसाय सञ्चालन हुने क्रममा किचनमा प्रयोग हुने सामग्रीको सोरुम प्रभावकारी हुने बताउनुभयो । सञ्चालक बुढाथोकीले काठमाडौपछि इटहरीमा खुलेको सोरुमले अहिलेको समय अनुसार प्रयोग हुने सामग्री सहज ढंगले पाउने बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट