Friday, January 27, 2023

रसिया र युक्रेनको युद्दले विश्वमा थप आर्थिक संकट

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले कोरोनाले विगतका दुई वर्ष सिंगो नेपाली अर्थतन्त्र धरासायी बनाएको वेला युक्रेन र रसियाबीचको युद्धले विश्व बजारमा थप आर्थिक मन्दी आएको औल्याउनुभएको छ।
आइतबार मोरङको उर्लाबारी वडा नं. २ स्थित बेतेनी सिमसार मंगलबारेमा सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेले आयोजना गरेको १४ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पोखरेलले अहिले मूल्य श्रृंखला बढेर गएको र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि भएको बताउनुभयो । उहाँले विश्व बजारको २९ प्रतिशत युक्रेन र रसियाले धानेकोमा युद्दले गर्दा विश्व बजारलाई असर गरेको बताउनुभयो । पथरीशनिश्चरे नगर पालिकाभित्र रहेका सहकारी संस्थाहरूमा कार्यरत कर्मचारी संगठनका अध्यक्ष एवं लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाच्छना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी संघ प्रदेश नं १ का अध्यक्ष डिल्ली पोखरेल, सहकारी कर्मचारी संगठन उर्लावारीका अध्यक्ष चक्रबहादुर खड्का, जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइराला, जिल्ला समन्वय समिति मोरङ्गका सह सचिव युवराज भट्टराई, पथरीशनिश्चरे नगरका पुर्व प्रमुख दिलिप कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट