Friday, January 27, 2023

लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश लोकसेवा आयोगको तेश्रो वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले लोकसेवा आयोगलाई आफ्नो निष्पक्षता र विश्वसनियता कायम राखेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले लोकसेवा आयोगले स्वच्छ र सबल प्रशासन बनाउन निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकताको रुपमा परिणत गरिने धारणा व्यक्त गर्नुभयो । उहाँले सहअस्तित्व, सहकार्य र सहकारिताको आधारमा प्रदेश सञ्चालन गरिने बताउदै प्रदेश संरचनाबारे अहिले मुल्यांकन गर्ने बेला नभएको बताउनु भयो ।

सो कार्यक्रममा भौतिक पूर्वाधार अभाव, न्यून कर्मचारी र आवश्यक कानुन नभएका कारण प्रदेश लोकसेवा आयोगलाई काम गर्न अप्ठयारो भईरहेको कार्यपत्र प्रस्तुत गरिएको थियो । केही स्थानीय तहले कानुन विपरीत कर्मचारी नियुक्ति र बढुवा गरिरहेकाले यसलाई समय मै नियन्त्रण गर्न प्रदेश सरकारलाई पहल लिइ दिन आग्रह गरिएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट