
विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सिएनआई कोशी एक्स्पो हुने भएको छ।
माघ १९ गतेदेखि २८ गतेसम्म एक्स्पो हुने आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोरोना माहामारी र त्यसपछिको प्रतिकुल परिस्थितीमा पनि उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउँने र स्वदेशी एवम् विदेशी प्रविधिको बारेमा ज्ञान दिलाउन एक्स्पो हुन लागेको हो । एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लाका विशिष्ट उत्पादनसँगै देशका अन्य भागमा उत्पादित वस्तु तथा विदेशमा उत्पादित वस्तु प्रदर्शनीमा राखिने भएको छ।
एक्स्पोमा कृषि, उपभोग्य वस्तु, मेसिनरी, अटो, अन्य सेवा, शिक्षा, स्वास्थ्यलगायतका अलग अलग क्षेत्र कायम राखेर स्टल राखिने भएको छ। एक्स्पोमा विद्यार्थीका निम्ति तारामण्डल पनि प्रदर्शनीमा राखिने भएको छ ।
एक्स्पोमा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोका लागि मुख्य प्रायोजक रमपम तयारी चाउचाउ र प्रायोजक म्याजिक चप्पल रहेको छ।
