Friday, January 27, 2023

विराटनगरमा कार ¥याली हुँदै

आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार ¥याली आयोजना गरिने भएको छ ।
विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार ¥यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी दिनुभयो ।

सो प्रतियोगिताबाट करिब १५ लाख रुपैयाँ बचत गरी स्थानीय एक विद्यालयलाई सहयोग गरिने बताइएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट