
यही माघ १३ गतेदेखि इटहरी वडा नंं. २ आपगाछीमा इन्टर लियो क्लब टुर्नामेन्ट सिजन टु फुटसल प्रतियोगिता हुने भएको छ।
दुई दिनसम्म चल्ने फुटसल प्रतियोगिता लियो क्लबमा आबद्द व्यक्तिको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लियो क्लब अफ इटहरीको आयोजनामा हुने लागेको प्रतियोगितामा १८ वटा टीमको सहभागिता रहने आयोजक संस्थाका राजकुमार साहले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार १०१ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुनेलाई १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका राजु खड्काले बताउनुभयो । फुटसल सञ्चालनका लागि मुख्य प्रायोजक आयोजक संस्था र सह–प्रायोजकमा एक्सेस एजुकेशन संस्था विराटनगर रहेको छ ।
