Wednesday, March 22, 2023

दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा

इटहरी, माघ १२ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
यसैक्रममा इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा गरिएको छ।
दिंवगत हुनुभएको स्थानीय उमानाथ बजगाईंको स्मृतिमा श्रीमती ९३ वर्षीया गायत्रादेवी बजगाई सहित छोराहरु शारदा बजगाई, बद्री बजगाईं र दुर्गानाथ बजगाईंले संयुक्त रुपमा मन्दिर बनाई दिएका छन् । बजगाईं परिवारले छ लाख रुपैयाँ खर्चेर सरस्वतीको मन्दिर निर्माण गरेको प्रधानाध्यापक सरन बस्नेतले बताउनुभयो ।
सुनसरीमा सामूदायिक विद्यालयबाट फरक पहिचान बनाउन सफल भएको शैक्षिक संस्थामा पर्छ, राष्ट्रिय माध्यमिक विद्यालय । राष्ट्रिय माध्यमिक विद्यालयमा एसइइपछि प्राविधिक धारका विषयहरु पढ्न डिप्लोमा इन सिभिल इन्जिनियरिङ् र ओभरसियरमा पढई हुने गरेको छ।
राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ। कक्षा १० सम्म विद्यार्थीको चाप अध्याधिक रहेको छ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गर्ने क्रममा इटहरीमै डिभिएम विद्यालय, जनता माध्यमिक विद्यालय, कस्तुरी कलेज, कञ्चनजङ्गालगायतका विद्यालयमा पनि विशेष कार्यक्रम गरि आयोजना गरियो । उच्च शिक्षाका लागि विदेश पढ्न जान चाहने विद्यार्थीका लागि परामर्श दिने संस्था एक्र्सपट एजुकेसनले पनि सरस्वती पूजा विशेष कार्यक्रम गरि मनायो ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट