
प्रत्येक वर्ष विराटनगरमा आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पनि विभिन्न जातजातिको संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले तीन दिने विराट सडक महोत्सव सुरु भएको छ ।
विराटनगरको हिमालय रोडमा चल्ने सडक महोत्सवमा थारु, राजवंशी, मैथिल, नेवार, लिम्बु लगायतको विभिन्न खानाको स्टलहरु राखिएको आयोजकले जनाएको छ । विराटनगर महानगरपालिकाको सहयोग र मन्जिना मुभिज क्रिएशनको आयोजनामा भईरहेको विराट सडक महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारहरु राखिएको छ । महोत्सवमा आउनेहरुलाई पहिचान र संस्कृतिबारे जानकारी दिन सडक महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । महोत्सव दैनिक दिउँसो २ बजे देखि ८ बजे सम्म लगाइनेछ ।
